Breaking News

प्रधानमन्त्री देउबाको तिब्र रुपमा आलोचना

बबिता तामाङ

काठमाण्डौ,असार २४

प्रधानमन्त्री शेरबहादुर देउबाले सप्तरीमा बाढी पिडितको सम्बोधनमा वक्तब्य वाचन गर्नु पर्नेमा पूर्व सिन्चाई मन्त्री उमेस यादबले बझाउनु भएकोे ज्ञापनपत्र वाचन गरेपछि सामाजिक सञ्जालममा प्रधानमन्त्री देउबाको तिब्र रुपमा आलोचना भइराखेको छ । 

महुली खोलमा आएको बाढीले पिडित सप्तरीबासीको अवस्था बुझन शुक्रबार सप्तरी पुग्नु भएका प्रधानमन्त्री सहितको टोलीले सम्बोधनको क्रममा पूर्व सिन्चाई मन्त्रीले जल उत्पन्न प्रकोप डिभिजन कार्यानल लाहानमा अनियमितता भएको भन्दै छानबिनका लागि दिइएका ज्ञापनपत्र बाचन गरेका हुन । 

प्रधानमन्त्रीको यो किसीमको व्यवहारले सर्वसाधारमा आक्रोस पैदा गरेको छ । केही दिन अघि मात्र साझा सवालमा प्रधानमन्त्रीको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको अवस्थामा फेरी सप्तरीको यो घटनाले पनि प्रधानमन्त्री देउबा आलोचित हुनपरेको छ । छेवाङ तामाङ व्यङ्ग्य गर्दै भन्नु हुन्छ, यो चाहिँ कसको नियोजित षड्यन्त्र हो भन्ने फेरि !

 

पछिल्लो समय प्रधानमन्त्री देउबा आलोचनाको पात्र हुदै आएको । चाहे त्यो साझा सवालको अन्र्वार्ता हो या सप्तरीको घटना नै किन नहोस । यसै सन्दर्भमा अनमोल मणी टुईट गर्दै भन्नु हुन्छ, प्रधानमन्त्री र सचिवलय दुबैले जिम्मेवार हुन सक्नु पर्छ ।

देशको प्रधानमन्त्री जस्तो पतदमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउबाले देखाउनु भएको व्यवहारलाई लिएर फेसबुक, टुईटर, युटुबमा धेरै आलोचना भएको हामी पाउन सक्छौ । युटुबमा पनि प्रधानमन्त्री देउबाले सप्तरीमा ज्ञापनपत्र बाचन गर्नु भएको भिडियो धेरैले अप्लोड गरका छन् ।

No comments