गुरूर्ब्रह्मा गुरूर्विष्णु र्गुरूदेवो महेश्वरः। गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥
भुवन किमारी
काठामाडौं, २५ असार।
ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
अर्थात्
हे भगवान मलाई सदैव
सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अध्याँरोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो
देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको
भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन पाउँ ।ू
यो संसारमा शान्ति होस ,आदिदैविक शान्ति होस,
आदिभौतिक
शान्ति होस र अध्यात्मिक शान्ति होस ।
उपनिषदबाट साभार गरिएको उपयूक्र्त मन्त्रको अर्थलेनै ज्ञानरुपी
उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यस्को मानव जिवनसँगको
सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान
र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र
यस्तो कुरा हो जसलाई जति बाँढ्यो उत्ति बढ्दै जान्छ ।
सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई गुरुप्रति
आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा तपाइलाई
पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम
राखेर क ख रा पढाउने र सिकाउने मिस र सरहरु किन नहुन रु उनिहरुले सिकाएका र दिएका ज्ञानले
नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं ।
असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दुबिधाहरुको निरोध
हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुबैको पहिचान गाह्रो छ ।
बिज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो
द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका
रुपमा औंला नै काटेर दिनुपर्ने भयंकर बलिदान नै । सँस्थागत भएका विधालय, विश्वविधालय,
शिक्षण पेशा
अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।
औषधीको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म गुगल अनि यूट्यूब
लगायत इन्टरनेट वाट सिक्ने, त्यहिका श्रोतवाट अध्यन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले
केहि फरक अनुभव दिन सक्दछ । तर संसार जहाँनै पुगेपनि गुरुतत्वले स्वरुप परिवर्तन गरेका
हो, शिक्षा आकाशवाट बर्षदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु
सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।
संसार जत्तिकै आधुनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा
उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको
त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका
यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई
पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइन्छ । अज्ञानता र अचेतनाको अँध्यारोबाट
ज्ञान र चेतनाको उज्यालोमा ल्याउने पथ प्रदर्शन गर्ने समस्त गुरुहरुलाई यस दिन कोटी
कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जिवनमा पारेको
प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति
आभार व्यक्तगर्ने दिन पनि हो गुरुपूर्णिमा ।
हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको
छ रु जस्तै हामी सहि र गलतमा फरक पाउन सक्छौं, वास्तविक र कृतिम कुरा
र भावनाको चाल पाउन सक्छौ । तपार्इ हामीले कुनै बखत सहि कुरा र पथ छान्यौ या छानेनौ
भनेपनि हामीले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्ने पर्दैन,
हृदयको अन्तष्करणले
आफै हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै
एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर
पाइला रोक्छौ त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि
एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्व सदैव उपस्थित रहिरहन्छ ।
जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ
गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।
जीवनभरिको हरेक पैलामा गुरु बनेर आउनु भएका र आउनेहुनेसम्पूर्ण गुरुहरुलाई सहृदयी नमन ।
No comments