Breaking News

फिल्म समिक्षा: "TUBELIGHT"

#फिल्म_समिक्षा : "ट्युबलाईट"
- भगिरथ अधिकारी (०७४-असार-१०)
सलमान खानको फिल्म हेर्दै 'इद' मनाउने अहिले बानीनै परिसकेको छ।हेरौं यो फिल्म कस्तो छ।

1. कथा:-
सलमान खान अभिनित यो फिल्मको कथा सन 1962 को भारत-चिन युद्धको समयको हो तर कथा भने दाजु भाइको मायामा आधारित छ। मुख्य कथा त ठिक छ तर पटकथा भने कमजोर छ जसले गर्दा फिल्ममा केही समस्या छ। फिल्ममा पात्रबीचको सम्बन्ध अझ स्थापना गर्नु जरुरी थियो।

2. प्राबिधिक पक्ष:-
यो फिल्मको मुख्य हतियार भनेको यसको क्यामरा हो खिचाइ एकदमै उत्कृष्ट छ।दृश्य हेर्दा आनन्द लाग्छ। सम्पादकको काममा भने चित्त बुझाउने ठाँउ छैन।केही अनावश्यक दृश्य पनि छन जसको जरुरत फिल्ममा छैन।

3. संगीत:-
यस फिल्मको संगीत राम्रो छ तर खानका अघिल्लो फिल्मको तुलनामा भने यो फिल्मको गितहरु कमजोर छन।'रेडियो' गित बाहेक अन्य गित याद गर्ने खालको बन्न सकेको छैन जबकि सलमानको फिल्ममा गित नै  शक्ति हुने गर्छन। 

4. अभिनय:-
सलमान खानले यो फिल्ममा निकै साधारण रोल गरेका छन आफ्नो परिचित भन्दा धेरै फरक तर उनको अभिनय उत्कृष्ट छ।सोहेल खानले ठिकै काम गरेका छन। साथमा चिनिया नायिका झू झू को अभिनय र सौर्न्दर्य दुबै राम्रो छ।उता अरुणाचल प्रदेशका बाल कलाकार माटिन रे धेरैनै क्युट देखिएका छन, उनको अभिनयले दर्शकको मन छुनेछ। स्व. ओम पुरी ले पनि रोललाई न्याय दिएका छन।

5. निर्देशन:-
यो फिल्मको निर्देशन ठिक छ तर जति कबिर खानको फिल्महरु 'एक था टाइगर' र 'बजरंगि भाइजान' हेरेपछि आश थियो त्यो भने पुरा भएन कहि कतै खल्लो लाग्छ।उनले यो फिल्मलाई अझ राम्रो बनाउने सक्थे ।

अन्तमा, समग्रमा यो फिल्म राम्रो छ तर 'बजरंगि भाइजान' जस्तो राम्रो र उत्कृष्ट भने छैन। यदि पटकथामा मेहनत गरेको भए यो फिल्म उत्कृष्ट बन्ने थियो। यदि तपाई सलमान खानको फ्यान हुनुहुन्छ र एउटा आकर्षक दृश्य भएको फिल्म हेर्न चाहानुहुन्छ भने यो तपाईले हेर्नुपर्ने फिल्म हो।

[  "ट्युबलाईट" फिल्म : रेटिङ - 3.5 / 5 ]

No comments