Breaking News

पदीय आचरणको दुरुपयोग

भुवन कुमारी गुरुङ, २३ साउन, काठमाडौं । 
नेपाल पत्रकार महासंघले महासंघका केन्द्रीय सदस्य तथा इमेज च्यानल टेलिभिजनका निवर्तमान बरिष्ठ उपसम्पादक सुरज आचार्यले पदीय आचरणको दुरुपयोग तथा पेशागत कमजोरी गरेको ठहर गरेको छ ।
काठमाडौं चावहिल भत्केको पुलस्थित एक मोटर ग्यारेज सञ्चालकसँग आर्थिक लेनदेनका लागि बार्गेनिङ गरिरहेको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघले महासचिव उजिर मगरको नेतृत्वमा छानविन समिति बनाएको थियो ।
समितिले महासंघको आइतबारको बैठकमा प्रतिवेदन पेस गरेको र बैठकले अनुमोदनसमेत गरिसकेको सचिव प्रभात चलाउनेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार आरोपी आचार्यको विगत निश्कलंक रहेको तथा परिस्थितिजन्य कारणले त्यस्तो अवस्थामा पुगेका हुन् । साथै भिडियो प्रशारण गर्ने डिसीनेपाल डट कमले पनि खिचेको २२ दिनसम्म प्रशारण नगर्नु तथा त्यसबीचमा मूख्य आरोपी आचार्यसँग सोधपुछ लिने प्रयास नगरेकाले लामो समयसम्म प्रशारण रोकिनुका कारण नखुलेको प्रतिवेदनमा जनाइएको छ ।
छानविन प्रतिवेदनमा आचार्यले आर्थिक लेनदेन गरेको नदेखिएको उल्लेख गरिएको छ । केहि समयअघि डिसीनेपाल डटकममा टेकनारायण भट्टराई र दामोदर नेपालको बाइलाईनमा सुरज आचार्यले समाचारका लागि पैसाको बार्गेनिङ गरेको स्टिङ अपरेसन गरेको थियो ।
स्रोत: अनलाईन खबर.कम


No comments